२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान


सुर्खेत- वीरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखाका पुर्व प्रमुख एवम स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष स्वास्थ्यकर्मी उदयबहादुर थापाले वीरेन्द्रनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । बुधबार नगरपालिकालाई ५ पिस आइआर थर्मोमिटर, ५० पिस ‘एन ९५’ मास्क, एक सय पिस गुणस्तरिय सर्जिकल मास्क लगाएत करिब ९५ हजार बराबारको अति आवशेक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

वीरेन्द्रनगर नगारपालिका एक निवासी थापा हाल सुर्खेतको तरङगा स्वास्थ्य चौकिमा प्रमुखको रुपमा कार्यरत छन् । स्वाथ्यकर्मी थापाले पछिल्लो समय कोरोनाको संक्रमण फैलिन नदिन फिल्डमा खटिएका स्वास्थ्यकर्मीले आफै असुरक्षित भएको महशुस गरिरहेका बेला आफुले सहयोग गरेका सामाग्रीले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्नको लागि स्वास्थ्यकर्मीलाई हौसला मिल्ने बताए ।

आफ्नो तीन महिनाको पारिश्रमिक बराबरको स्वास्थ्य सामाग्री ब्यक्तिगत रुपमा उपलब्ध गराएको उनको भनाई छ । यसका साथै सुर्खेतको बराहताल, भेरिगंगा र पञ्चपुरि नगरपलिकामा समेत स्वास्थ्य सामाग्री प्रदान गर्ने योजना रहेको थापाको भनाई छ । स्वास्थ्य सामाग्री बुज्दै कार्यबाहाक प्रमुख मोहनमाया ढकालले स्वास्थ्य सामाग्रीको अभाव भैरहेको बेला उक्त सामाग्रीले कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउछन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ