काठमाडौं—सरकारले बजेटमार्फत स्वास्थ्यमा नीतिगत फ्डको मार्ने लक्ष्य राखेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छु,’ उनले भने ।
१. दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वासथ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहित आधारभूत संघसंस्थाहरुलाई स्वास्थ्य सेवाका प्रथम विन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं ।
२. सरकारले निःशुल्क उपलब्ध गराउनेमध्ये कम्तिमा २५ प्रकारका औषधिहरु नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने ।
३. त्रिवि शिक्षण अस्ताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने ।
४. सार्वजनिक सार्वजिनक (पब्लिक—पब्लिक) साझेदारी मोडलअन्तर्गत सात वटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणवद्ध रुपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रुपमा गरिने ।
५. कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा परिचालन गरिने ।
६. स्वास्थ्य बीमा कार्यक्रमको ब्यापक पुनःसंरचना गरिने ।
७. छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी व्यवस्था गरिने ।
८. स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने, व्यक्तिगत उपचार खर्चमा उलेख्य कटौती हुने अपेक्षा
९. राष्ट्रिय ट्रमा नीति तर्जुमान तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक हुने जनधनको क्षति न्यूनीकरण गरिने ।