२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ बिरामीलाई पोषिलो आहारा वितरण गरेर नेताले जन्मदिन मनाए

बिरामीलाई पोषिलो आहारा वितरण गरेर नेताले जन्मदिन मनाए


जुम्ला—तातोपानी गाउँपालिका—४ गौतमवाडाका कृषक तथा माओवादी नेता दीपक गौतमले बिरामीलाई पोषिलो आहारा वितरण गरेर जन्मदिन मनाएका छन् ।

४३ औं जन्मदिनका अवसरमा उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचाररत ५५ जना बिरामीलाई पोषिलो खाद्य सामग्री वितरण गरेका हुन् । नेता गौतमले बिरामीलाई दुई—दुई वटा लोकल कुखुराको अण्डा, दुई—दुई वटा स्याउ र एक—एक फ्रुटी वितरण गरेका हुन् ।

बिरामीहरूले पोषिलो खाद्य सामग्री पाउँदा खुसी व्यक्त गरे भने अस्पताल प्रशासनले समेत उनको यो योगदानको प्रशंसा गरेको छ ।

कर्णालीका विकट वस्तीबाट आएका बिरामीहरूका लागि पोषिलो खानाको अभावलाई ध्यानमा राख्दैं उनले यस्तो कदम चालेको बताएका छन्।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ