२०८२ मंसीर २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने स्वास्थ्यमन्त्री ब्लूम्बर्ग पुरस्कारबाट सात जना पुरस्कृत भएका छन् । शनिबार विश्व सूर्तिजन्य पदार्थरहित दिवसका अवसरमा आयोजित एक कार्यक्रममाझ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

सूर्तिजन्य पदार्थ नियन्त्रणमा योगदान गरेका व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गरिएको हो । जसमा भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा. तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, अनलाइनखबर डटकमका पत्रकार पुष्पराज चौलागाई, नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने, मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कट्टेल, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य र क्यान्सर काउन्सिल नेपालका रुद्र कडरिया रहेका छन् ।

सन् २०१५ मा सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीसहितको चित्र राख्ने प्रतिवद्धतापपछि नेपालले १ करोड रुपैयाँको ब्लूमवर्ग फिलान्थ्रोपिक अवार्ड पाएको थियो । उक्त अवार्डबाट प्राप्त रकमबाट स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष स्थापना गरेको थियो ।

सोही अक्षय कोषबाट प्राप्त हुने रकमले स्वास्थ्य कर कोषको सचिवालयले सूर्तिजन्य पदार्थविरुद्ध काम गरिरहेका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ