२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कलाकार घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन

कलाकार घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन


काठमाडौं—‘नक्कली प्रचण्ड’ बनेर चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन भएको छ । मंगलबार राति १२ः१० बजे ४३ वर्षीय गौतमको उपचार क्रममा भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारकै क्रममा निधन भएको हो ।

उनी दुई वर्षदेखि पेटको क्यान्सरको उपचार गराइरहेका थिए । दुई वर्षअघि क्यान्सर पुष्टि भएपछि उनको लामो समय भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइएको थियो । उपचारकै लागि उनी नयाँ दिल्ली समेत पुगेका थिए ।

तर, समस्या बल्झिएपछि दुई महिनाअघि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । गौतमको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई केही दिनअघि काठमाडौं क्यान्सर सेन्टर लगिएको थियो ।

युवास्थामै क्यान्सरबाट गौतमको निधन भएको हो । गौतमको निधनबाट नेपाली हाँस्य कलाकारिता जगतले एक प्रतिभाशाली कलाकार गुमाएको छ । उनले गाइजात्रा, विभिन्न हाँस्य टेलिश्रृखला, सडक नाटक, रेडियो नाटक, प्रहसनलगायतका कार्यक्रममार्फत दर्शकलाई हसाएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ