धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरुलाई लक्षित गरेर होम बेस्ड होस्पाइस केयर सेवा सुरु गरेको छ । शुक्रबार अस्पतालका सह—प्रवक्ता अभिजित कुमारले क्यान्सरका बिरामीहरुलाई सहज रुपमा उपचार तथा हेरचाह सेवा दिने उद्देश्यले होम बेस्ड हस्पाइस केयर सेवा सुरु गरेको हो ।
यो सेवाअन्तर्गत अस्पताल आउन कठिन पर्ने किसिमका क्यान्सरका सिकिस्त बिरामीहरुलाई आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरु प्रतिष्ठानको स्वास्थ्यकर्मीहरुको टोलीले घरैमा गएर दिने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । ‘यो सेवाले क्यान्सरका कारण कमजोर भई घरमा थलिएर बसेको समयमा, दुखाइको पीडाले असह्य भएर छटपटाइ रहेको समयमा उपचारका लागि अस्पताल आउनुपर्ने कठिन परिस्थितीको सामना गर्नु परेका बिरामी तथा आफन्तजनका लागि ठूलो राहत दिनेछ,’ डा। अभिजितले भने, ‘यस प्रकारको सेवा काठमाडौं उपत्यका बाहिर यो नै पहिलो रहेको छ ।’
यो सेवा लिन चाहने बिबरामी वा तिनका आफन्तहरुले प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागअन्तर्गतको अंकोलोजी युनिटस“ग समन्वय गर्नुपर्नेछ । उक्त सेवा बापत प्रतिष्ठानले हाललाई प्रति भिजिट १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । विपन्न बिरामीको हकमा भने प्रतिष्ठानले विपन्न बिरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ । प्रारम्भिक चरणमा यो सेवा धरान उपमहानगरपालिका भित्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
सेवा विस्तारका क्रममा प्रतिष्ठानले मोबाइल एपबाट ओपीडी टिकट दर्ता गर्न तथा ल्याब रिपोर्ट हेर्ने व्यवस्था गरेको छ । उक्त मोबाइल एपमार्फत सेवाग्राहीहरुले घरमै बसेर जनरल ओपीडी टिकट दर्ता (स्वास्थ्य बीमा, विपन्न नागरिक तथा अन्य क्रेडिटमा हुने ओपीडी टिकट दर्ता बाहेक) गर्दा एपमा लगइन गरी सेवा लिने सक्ने अस्पतालले जनाएको छ । यसका साथै, उक्त मोबाइल एपका माध्यमबाट ल्याबको रिपोर्ट पनि सहज रुपमा हेर्न र डाउनलोड गर्न सकिनेछ ।
यसैगरी, विरामी उपचार सेवा विस्तारबाहेक प्रतिष्ठानले शैक्षिक क्षेत्रमा समेत सेवा सुविधा थप गरेको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य मध्यनजर गर्दै प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजीवकुमार शर्माले फिजिकल एण्ड मेन्टल हेल्थ वेलवीङ युनिट फर स्टुडेन्ट नामक इकाई गठन गरेका हुन् ।
मानसिक रोग विभागकी एडिसनल प्रोफेसर डा. रिंकु कुमारी गौतमको अध्यक्षतामा गठित उक्त इकाईले विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनका निम्ति, विद्यार्थीहरुमा शारीरिक तन्दुरुस्ती, उचित पोषण तथा मानसिक स्वास्थ्य जस्ता विषयमा जागरुकता बढाउने किसिमका कार्यहरु गर्नेछ । यसै सिलसिलामा विद्यार्थीहरुलाई विभिन्न इन्डोर–आउटडोर खेलकुद तथा व्यायामशालाको व्यवस्था गरिएको छ भने न्यूनतम् शुल्क लिएर भाडामा साइकल उपलब्ध गराउने योजना समेत रहेको छ । त्यसका साथै, विद्यार्थीहरुका लागि छुट्टै योगा कक्षा तथा ध्यान केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।
विद्यार्थीहरुमा आकस्मिक रुपमा मानसिक स्वास्थ्य समस्या देखिएमा द्रुतरुपमा उपचार सेवा वा परामर्शका लागि हेल्पलाइन फोन नम्बरको पनि व्यवस्था गरिएको छ । ‘विद्यार्थीहरुकै टोलीको सहकार्यमा तनाव व्यवस्थापन, सजगता र स्वस्थ जीवनशैली सम्बन्धी कार्यशाला गोष्ठी, सेमिनार तथा प्रशिक्षण सत्रहरु सञ्चालन गरिने छन् भने विद्यार्थीहरुमा शारीरिक वा मानसिक स्वास्थ्य समस्याका लक्षणहरुको प्रारम्भिक संकेतहरु नियमित स्क्रिनि¨ तथा परामर्श मार्फत पहिचान गरि सो को आवश्यकता अनुसार उपचार गरिनेछ,’ प्रतिष्ठानले भनेको छ, ‘यसका साथै विद्यार्थीमैत्री तथा तनावमुक्त शैक्षिक वातावरणलाई अझ परिस्कृत गर्दै लगिनेछ ।’
विद्यार्थीहरुको चिकित्सकीय अभ्यासलाई बृहत बनाउने उद्येश्यले प्रतिष्ठानमा स्नातक तहका विद्यार्थीहरूको स्टुडेन्ट अंकोलोजी विङको पनि स्थापना गरिएको छ । ‘यस विङमा रहेर विद्यार्थीहरुले क्यान्सर रोकथाम र जागरूकतामा योगदान पु¥याउनु, विद्यार्थीहरू र आम जनतामा क्यान्सर शिक्षा, जागरूकता र निवारक स्वास्थ्य सेवा अभ्यासहरूलाई प्रवद्र्धन गर्नुका साथै प्रतिष्ठान र समुदायबीच पुलको रूपमा काम गर्नेछन्,’ प्रतिष्ठानको विज्ञप्तीमा छ, ‘उक्त कार्यले विद्यार्थीको चिकित्सकीय ज्ञानमा वृद्धि हुने, आत्मा विश्वास बढ्ने, मानवीय स्वभाव परिस्कृत हु“दै जाने र विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ ।’ त्यसैगरी, अनुसन्धान सम्बन्धि ज्ञानलाई बलियो बनाउने उद्धेश्यले स्टुडेन्ट रिसर्च विङ समेत स्थापना गरिएको छ ।