२०८३ जेठ ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साहोमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश

होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश


काठमाडौं—सर्वोच्च अदाललले होमियोप्याथी चिकित्सा चिकित्सा पद्धतिको विकास र विस्तारका लागि ६ बुँदे निर्देशनात्मक आदेश दिएको छ । होमियोप्याथी चिकित्सक डा. खगेन्द्र कटुवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै ४ बैशाखमा सर्वोच्च अदालतका न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र श्रीकान्त पौडेलले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेका हुन् ।

सर्वोच्चले होमियोप्याथी चिकित्सा पद्धतिको दर्ता, निरिक्षण, अनुगमन र चिकित्सकहरुको आचारसंहिता निर्माणका लागि होमियोप्याथी चिकित्सा परिषद् वा उपयुक्त नियांमक निकाय गठन गर्न कानुन तर्जुमा गर्न, पशुपति होमियोप्याथी अस्पताललाई विशिष्टीकृत केन्द्रीय अस्पतालमा स्तरोन्नतीन गर्दै सातवटै प्रदेशमा एक—एक वटा प्रादेशिक होमियोप्याथी अस्पताल र ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालयहरुमा होमियोप्याथी एकाई वा सम्पर्क व्यक्ति रहने संरचनात्मक व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयको बजेटमा होमियोप्याथीका लागि छुट्टै शीर्षकमा बजेट व्यवस्था गर्न, स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रमा होमियोप्याथी चिकित्सक र औषधिको उपलब्धता सुनिश्चित गर्न आवश्यक दरबन्दी सिर्जना गर्न, विश्वविद्यालयमा होमियोप्याथी चिकित्सा अध्ययनका लागि पूर्वाधार निर्माण, छात्रवृत्ति व्यवस्था र यो पद्धतिको प्रचारप्रसार गर्न भनिएको छ ।

सर्वोच्च अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत होमियोप्याथी औषधिको प्रभावकारिता र नेपाली जडिबुटीको होमियोप्याथी प्रयोगका बारेमा वैज्ञानिक अनुसन्धान र क्लिनिक ट्रायल गर्न÷गराउन र एलोपेथिक र होमियोप्याथीबीचको समन्वय बढाउन एकीकृत चिकित्साको अवधारणाअनुसार अस्पतालमा दुवै पद्धतिका चिकित्सकहरुले सहकार्य गर्ने वातावरण निर्माण गर्न आदेश दिएको छ ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ