२०८३ असार १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


काठमाडौं—नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेसनबाट डा. अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष महेन्द्रराज भुसाल रहनेछन् । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी सर्वसम्मत भए । उपाध्यक्षहरुमा कोशीमा इन्दु नेपाल योन्जन, मधेशमा अभिशेष रोशन, बागमतीमा अरुण कोइराला, गण्डकीमा हेमन्त श्रेष्ठ, लुम्बिनीमा देभेष कर्ण, कर्णालीमा भक्तबहादुर शाही, सुदूरपश्चिममा कृष्णराज ढुंगाना चयन भए ।

महासचिवमा छमबहादुर अधिकारी चयन भए । सचिवमा समीर शर्मा र कोषाध्यक्षमा रोजिका प्रधान चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा श्रेयशध्वज जोशी, रोशन अधिकारी, जगतलक्ष्मी सुजाखु, प्रकृति आचार्य, विशाल लामिछाने,क्षितिज खतिवडा, हेमकुमार बिडारी र लवेन्द्र कुँवर चयन भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ