२०८३ असार २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव

डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव


काठमाडौं—कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सुवेदीलाई कोशीको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो ।

उनी हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ११ औं तहका वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । डा. कीर्तिपाल त्यसअघि भेरी अस्पतालमा कार्यरत थिए ।

यसअघिको कोशीको स्वास्थ्य सचिव रहेका डा. यदुचन्द्र घिमिरे भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तै, आयुर्वेद समूहका रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य मन्त्रालयमा तानिएको छ । यसअघि उनी मधेश प्रदेशमा थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ