२०८३ असार २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. देवेन्द्र खत्री नियुक्त


काठमाडौं—चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । १८ असारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा प्रा.डा.  खत्रीलाई नियुक्त गरेको शिक्षा तथा खेलकूद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिए ।

गत बिहीबार आयोगको उपाध्यक्षमा नियुक्त भएका प्रा.डा. खत्रीलाई शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले मंगलबार नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका पूर्व प्रिन्सिपल रहेका प्रा.डा. खत्री वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । कन्सल्ट्यान्ट इन्टरभेन्सन कार्डियोलोजिष्ट प्रा.डा. खत्री एन्जियोप्लास्टी, स्टेन्ट प्लेसमेन्ट र हर्ट फेलियर म्यानेजमेन्टमा दख्खल राख्छन् ।

गत बैशाखमा तत्कालीन उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झा सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’पछि पदमुक्त भएका थिए ।

त्यसपछि आयोगका जरुरी कामहरु समेत प्रभावित बनेपछि सरकारले आयोगका संस्थापक उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई दिइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ