२०८३ असार ३२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा स्वास्थ्य मन्त्रालय

विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा स्वास्थ्य मन्त्रालय


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दशौं तहका एक जना वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट, तीन जना विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारी विरुद्ध कारवाहीको तयारी अगाडि बढाएको छ । बिहीबार मन्त्रालयले ९ जना चिकित्सकसहित २३ जना कर्मचारीलाई सफाइ पेश गर्नका लागि १५ दिने समय दिएर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले निकालेको सूचनामा ती कर्मचारीहरु स्वास्थ्य सेवा ऐन, २०५३ मा भएको व्यवस्था विपरित ६० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेका थिए ।

‘भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने ? विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ मन्त्रालयले भनेको छ ।

स्वास्थ्यले विभागीय कारवाहीको तयारी गरेका कर्मचारीहरुमा एक जना दशौं तह, तीन जना नवौं तह र ६ जना आठौं तह, एक जना सातौं तह, चार जना छैटौं तह, ८ जना पाँचौं तहका कर्मचारीहरु छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ