२०८३ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरकारसँग पाँच बुँदे सहमति भएसँगै नेपाल चिकित्सक संघले जारी आन्दोलनका कार्यक्रम फिर्ता लिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

सहमतिमा नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारवाही अगाडि बढाउने उल्लेख छ । यस्तै, स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा २, ३ र १५, मुलुकी अपराध संहिता २०७४ को दफा २३२ र २३३ को संशोधनका लागि आगामी प्रतिनिधि सभाको अधिवेशनमा विधेयक पेश गर्न तत्काल प्रक्रिया अगाडि बढाउने र उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधन गर्न सात दिनभित्र कार्यदल गठन गर्ने उल्लेख छ ।

यस्तै, यसअघि मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएका सहमति कार्यान्वयन गर्नका लागि तीन दिनभित्र कार्यदल गठन गर्ने र नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलन आजैदेखि फिर्ता लिने उल्लेख छ ।

नारायणी घटनापछि नेपाल चिकित्सक संघको आव्हानमा मंगलबारदेखि देशभरका चिकित्सकहरु आन्दोलित थिए । जसका कारण बिरामीहरु चर्को मारमा परेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ