२०८३ साउन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम

मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम


केही वर्ष पहिले मात्रै संसारभर सुन्दर नायिकाको रुपमा प्रख्यात नायिका एन्जेलिना जोली भविष्यमा स्तन क्यान्सर नहोस्, भन्ने हेतुले उपचारकोे निम्ति अस्पताल पुगेकी थिइन् । यसैगरी कलाकार माइकल पनि डगलास प्यापिलोमा भाइरसका कारण मुख तथा घाँटी क्यान्सरका शिकार बन्न पुगे । लन्डनको द गार्डेन नामक पत्रिकालाई आफ्नो मुख तथा घाँटी क्यान्सरको कारण मुखमैथुन रहेको उनले बताएका थिए ।

प्यापिलोमा भाइरस संक्रमणका मुख्य कारण हो–मुखमैथुन ।

एचपिभी भाइरसले व्यक्तिमा मात्रै विभिन्न किसिमको दुई सय छुट्टा–छुट्टै समस्याहरु देखा पर्न सक्दछ । त्यसमा साझा देखापर्ने समस्यामध्ये छाला सम्बन्धीको समस्या हो । अन्य अन्तर्गत यौन सम्बन्धीका रोगहरु पर्दछन् । संयुक्त राष्ट्रसंघको एक अनुसन्धानले पनि प्रत्येक राष्ट्रहरुमा नै एचपिभी भाइरस यौन रोगको सरुवाको मुख्य कारकतत्व रहेको पाइएको छ ।

एचपिभी भाइरसबाट संक्रमण भैसकेपछि यो हाम्रो शरीरमा एक्टिभ नभएसम्म यसको खासै लक्षण देखिदैन् । तर, शरीरमा पसेर एक्टिभ भएपश्चात् भने यसले सिधै हाम्रो शरीरको झिल्ली अर्थात्, मुख, घाँटी, जिब्रो, गर्भाशय, मलद्धार तथा यौनाङ्गका वरपर आक्रमण गर्दछ । यो भाइरसको संक्रमण तन्तु तथा हाम्रो शरीरमा देखा पर्ने मुसाको माध्यमबाट पनि हुन सक्छ ।

प्रायःजसो कतिपय व्यक्तिहरुमा यो भाइरसले प्रवेश गरिसकेपछि पनि दुई वर्षसम्म खासै असर देखाउदैन् । तर, त्यसपश्चातः भने यसले व्यक्तिलाई दीर्घकालीन समस्याको अवस्था सिर्जना गर्ने गर्छ । जसबाट महिलामा पाठेघर क्यान्सर, पुरुषमा लिङ्ग क्यान्सर, अथवा दुवैमा मलद्धार तथा ओरोफान्जिल (मुखसँग जोडिएको घाँटीको पछिल्लो भाग) क्यान्सर समेत हुन सक्ने सम्भावना हुन्छ ।

पहिले पहिलेको अवस्थामा ओरोफान्जिल क्यान्सर मद्यपान तथा धुम्रपानको कारण लाग्ने गर्दथ्यो । तर, वर्तमान समयमा यस रोगको मुख्य कारण प्रायः जसो एचपिभी भाइरस देखिन गएको छ । फलस्वरुपः यस भाइरसका कारण प्रायःजसो व्यक्तिहरुमा मुख तथा घाँटीको क्यान्सर अधिक मात्रामा देखिने गरेको छ । पाठेघरको क्यान्सरको तुलनामा मुख तथा घाँटीको क्यान्सर अधिक व्यक्तिमा भेटिएको केही चिकित्सकहरुको राय रहेको छ ।

लक्षणहरु

  • जिब्रो तथा घाँटीमा निको नहुने गरीे दुखाइ रहिरहनु
  • खाना निल्दा घाँटीमा निरन्तर दुखाइ हुनु
  • घाँटीतिर डल्लो परी निरन्तर दुखाइ हुनु ।

एचपिभीका रोकथाम तथा उपचारका उपायहरु

चुम्बन, मुखमैथुन तथा यौनसम्पर्क एचपिभीको मुख्य कारक तत्व हो । जसबाट एक व्यक्तिमा भएको भाइरस उसको सहकर्मीलाई पनि सजिलै सर्न सक्छ । एचपिभीबाट हुने मुख तथा घाँटी क्यान्सर रोकथामको उपायहरु उमेर अनुसारको फरक फरक हुन्छ ।

बालवालिका, किशोर–किशोरी, युवा तथा दुवै लिङ्ग समूहका व्यक्तिहरुले एचपिभी विरुद्धको खोप लगाएको खण्डमा पनि यस रोगबाट बच्न सकिन्छ । यसैगरी, महिलाहरुले पाठेघर क्यान्सर र महिला पुरुष दुवैले प्रत्येक वर्ष सरुवा रोग तथा एचपिभी भाइरससँग सम्बन्धित अन्य रोगहरु विरुद्ध पनि खोप लिन सकिन्छ ।

वृद्ध व्यक्तिहरु र यो रोगबाट संक्रमित भैसकेका व्यक्तिहरुलाई भने खोपको प्रभाव नपर्ने हुँदा त्यस्ता व्यक्तिहरुले आफूबाट अन्य व्यक्तिहरुमा यो रोग सर्न नदिन यौन, गुद्धार तथा मुखमैथुनजस्ता सम्बन्धहरुमा कन्डम, ल्याटेक्सको प्रयोग गर्न सकिन्छ ।

यदि तपाई यो भाइरसको संक्रमित भइसक्नु भएको छ, भने आफूलाई क्यान्सर लाग्नबाट भने बच्न तथा आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नुहुन्छ ।


-एजेन्सीहरूको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ