२०८३ साउन २२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारको हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?

को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?


काठमाडौं—सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्यलाई नियुक्त गरेको छ । केन्द्रमै कार्यरत वरिष्ठ कार्डियाक एनेस्थेसियोलोजिष्ट डा. अमात्य केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

‘म नियुक्त पत्र लिन मन्त्रालय जाँदैंछु,’ डा. अमात्यले भने, ‘मन्त्रालयबाट खबर आएको छ ।’

उनी यसअघि गंगालाल अस्पतालमै कार्यरत थिए । डा. अमात्यले सन् २०११ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट एनेस्थेसियामा विशेषज्ञता हासिल गरेका हुन् । उनले एफआईईसीएमओ, फेलोसीप इन इकोकार्डियोग्राफी, फेलोसीप इन कार्डियोथोरासिक एण्ड भास्कुलर एनेस्थेसियोलोजी एण्ड इन्टेन्सीभ केयर फेलोसीप गरेका छन् ।

ललितपुर कुपण्डोलका उनले सन् २००२ मा बंगलादेशबाट एमबीबीएस गरेका हुन् । लरेन्स स्कुल सिमलाबाट सन् १९९७ मा हायर सेकेण्डरी एजुकेशन सकेका उनले सन् १९९५ मा बुढानिलकण्ठड स्कुलबाट एलएलसी गरेका हुन् ।

सन् २०२६ देखि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को एनेस्थेसियोलोजी एण्ड इन्टेन्सीभ केयर विभागको प्राध्यापकका रुपमा प्राज्ञिक कर्ममा समेत सक्रिय छन् । उनका दुई दर्जन अनुसन्धान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

सात वर्षदेखि केन्द्रको कार्डियाक एनेस्थेसिया विभागको विभागीय प्रमुख रहेका उनले सन् २०१२ मा गंगालालमा रजिष्ट्रारका रुपमा जागिर सुरु गरेका थिए । १४ वर्षदेखि आफूले सेन्टरमा सेवा दिइरहेको बताउँदैं उनले केन्द्रलाई बिरामीमैत्री बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘केन्द्रमा आएका सबै नेपालीले मुटु रोगको उपचार नपाएर अस्पतालबाट फर्किनुनपर्ने वातावरण बनाउने मेरो लक्ष्य छ,’ उनले भने, ‘पहिलो कुरा हामी बिरामीको सुरक्षालाई ध्यान दिएर काम गर्नेछौं ।’

डा. अमात्य सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने कुरा महत्वपूर्ण भएको बताउँदैं जनशक्ति उत्पादन गरेर बाँकी ६ वटा प्रदेशमा पनि मुटु उपचार सेवा पु¥याउनुपर्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ