२०८३ भदौ ३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त

चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त


काठमाडौं– चिकित्सा शिक्षा आयोगका तीनवटा निर्देशनालयमा तीन जना चिकित्सक निर्देशक नियुक्त भएका छन् ।

आयोगमा रिक्त रहेका निर्देशक पदमा डा. दीपेन्द्र श्रेष्ठ, डा. सन्ध्या चापागाईं र डा. संघरत्न बज्राचार्य नियुक्त भएका हुन् ।

प्रा.डा. दीपेन्द्र बहादुर श्रेष्ठ

काठमाडौंका प्रा.डा. दीपेन्द्र श्रेष्ठ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापक हुन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ रहेका उनी यसअघि वीर अस्पतालको विभागीय प्रमुखसमेत रहिसकेका अनुभवी चिकित्सक हुन् ।

प्रा.डा. संघरत्न बज्राचार्य

काठमाडौंका प्रा.डा. बज्राचार्य चिकित्सा शिक्षा आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका पूर्वनिर्देशक हुन् । उनी त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत फार्माकोलोजीका प्राध्यापक हुन् ।

प्रा.डा. सन्ध्या चापागाई आचार्य

भक्तपुरको मध्यपुर थिमी निवासी प्रा.डा. सन्ध्या वीर अस्पतालकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । उनी नेपाल मेडिकल काउन्सिलमा सरकारबाट मनोनित पूर्व सदस्य रहिसकेकी महिला प्राज्ञिक व्यक्तित्व हुन् । वीरको क्लिनिकल कोर्डिनेटर, एकेडेमिक कोर्डिटरसमेत रहिसकेकी उनी आयोगको निर्देशकको प्रतिस्पर्धामा रहेकी एक्ली महिला उम्मेदवार हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ