२०८३ भदौ १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई


काठमाडौं-औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् । मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई महानिर्देशक को जिम्मेवारी दिएकी हुन् ।

कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका तत्कालीन महानिर्देशक नारायण ढकाल २६ चैतमा मन्त्रालयमा तानिएका थिए । त्यसपछि सरकारले निमित्त महानिर्देशकको जिम्मेवारी १० औं तहकी शिवानी खड्गीलाई दिएको थियो ।

त्यसयता विभाग निमित्तको भरमा चलिरहेको थियो । भट्टराईमहानिर्देशकको जिम्मेवारी पाएसँगै विभागले ११ औं तहको नेतृत्वमा पाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ