२०८३ भदौ १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै


काठमाडौं—भोटेकोशीको भिषण बाढीमा परेर घाइते भएकाहरुमध्ये १३ जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार तीमध्ये १० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको राष्ट्रिय ट्रमामा उपचार भइरहेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

‘उक्त घटनामा घाइते भएका व्यक्तिहरुको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरुले मिलाउने,’ क्याबिनेटको निर्णयमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ