२०८३ भदौ १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी

बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी


काठमाडौं—त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारी भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहात तथा पुनःस्थापना खटिएका सुरक्षाकर्मीको सम्मानमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

२० भदौंमा ठमेलस्थित नेपालकै ठूलो र अत्याधुनिक क्लब नोभामा उनले बाढीको उद्धार, राहात र पुनस्थापनामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्मानमा ‘धन्यवाद’ नामक सांगीतिक प्रस्तुतिमार्फत सम्मान व्यक्त गर्ने भएका हुन् ।

सांगीतिक कार्यक्रममा डा. भण्डारीसँगै देव लामा र रोशन श्रेष्ठसहितको टिम रहनेछ । कार्यक्रमको होस्ट भने पूर्व मिस नेपाल सुगारिक केसी रहेकी छन् । कार्यक्रमका लागि दिउँसो तीन बजे गेट खुल्ने आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रमबाट संकलन भएको नगद रकम बाढी प्रभावितहरुका लागि खर्च गर्न प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने डा. भण्डारीले जानकारी दिए ।

यसअघि एलओडीमा समेत सोलो प्रस्तुति दिइसकेका डा. भण्डारीका एक दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ