२०८३ असोज २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त


काठमाडौं — नेपाल मेडिकल काउन्सिलमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त पाँचै जना सदस्यलाई शपथ गराउनुभएको हो ।

नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के रहेका छन् ।

मन्त्रालयका अनुसार काउन्सिलमा नयाँ सदस्यहरूको नियुक्तिसँगै चिकित्सकीय पेशाको नियमन, चिकित्सा शिक्षाको गुणस्तर तथा स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ