२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता

एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता


काठमाडौं—बसुन्धरास्थित एनएम हस्पिटल प्रा.लि. र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । एनएम र सुनौलो बासबीच आपसी हित र सामाजिक सेवालाई केन्द्रमा राखेर अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार सुनौलो बास प्रा.लि.का जेष्ठ नागरिक र बिरामीहरुलाई एमएन अस्पतालले आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउने छ । जसअन्तर्गत अस्पतालले चिकित्सक परामर्श, सामान्य स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्शमा सेवा छुट उपलब्ध गराउने छ ।

यसैगरी, आवश्यक प्रयोगशाला परीक्षण, डाइग्नोष्टिक तथा इमेजिङ र नियमित फ्लोअप सेवामा समेत छुट उपलब्ध गराउनका साथै अस्पतालका सेवामा सहजीकरण गर्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ