२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबंगलादेशमा नेपाली रेजिडेन्ट चिकित्सकको स्टाइपेन्ड समस्या हल गरिने

बंगलादेशमा नेपाली रेजिडेन्ट चिकित्सकको स्टाइपेन्ड समस्या हल गरिने


ढाका—बंगलादेशमा अध्ययनरत नेपाली चिकित्सकहरूले बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रलाई स्वागत गरेका छन् । बंगबन्धु शेख मुजीव मेडिकल विश्वविद्यालयमा उक्त स्वागत कार्यक्रम भएको थियो ।

डा. मिश्रलाई बंगलादेशमा अध्ययनरत नेपाली चिकित्सकले स्वागत गरेका थिए ।

साथै सो क्रममा मिश्र र उक्त मेडिकल विश्वविद्यालयका उपकुलपति प्रा.डा. कनककान्ती बारूवाबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा आवासीय चिकित्सकको स्टाइपेन्ड, आवासलगायतको समस्याको बारेमा राजदूतसँग छलफल भएको थियो ।

उक्त भेटमा नेपाली आवासीय चिकित्सकका परिश्रमिक (स्टाइपेन्ड) आवास र अन्य समस्याको बारेमा छलफल भएको छ । सो अवसरमा उपकुलपति बारुवाले नेपाली चिकित्सकको समस्या समाधान गर्न आफू गम्भीर ढंगले अघि बढ्ने आश्वासन दिएका थिए ।

राजदूत मिश्रले विश्वविद्यालयका उपकुलपति नेपाली विद्यार्थीको समस्या समाधान गर्न गम्भीर भएको आफूले पाएको जानकारी पनि दिए ।

नेपाली चिकित्सक डा.राकेश शाहकाअनुसार बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयमा लगभग १ सयजना नेपाली चिकित्सक एमडी÷एमएस गर्दैछन् । उनीहरुका लागि विश्वविद्यालयले दिनुपर्ने स्टाइपेन्ड तथा आवासको सुविधा रेजिडेन्सी पोग्राम सुरुदेखि नै यो समस्या देखिएको विद्यार्थीहरुले बताउँदै आएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ