गृहपृष्ठ ∕ प्रदेश १ ∕ वार्षिक उत्सवमा स्पार्कले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने वार्षिक उत्सवमा स्पार्कले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने हेल्थ आवाज मंगलबार, २०७६ पुस ८ गते, १८:१६ मा प्रकाशित विराटनगर- विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलको चौथो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पताल परिसरमा पुस ९ र १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो । काठमाण्डौंबाट विशेषज्ञ चिकित्सक टोली ल्याएर स्वास्थ्य शिविर र रक्तादन कार्यक्रम पनि आयोजना गरिने अस्पतालका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । शिविरमा कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, वाथ, युरिक एसिड बढी भएको प्यारालाइसिस तथा अन्य हाडजोर्नी र नसा रोग सम्बन्धी सेवाहरू संचालन हुने बताइएको छ । काठमाण्डौंबाट आउने प्राकृतिक चिकित्सक डा. सुनिल कुमार पौडेलको नेतृत्वमा आएको तीन जना टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । काठमाण्डौंबाट आएका डा. पौडेलको नेतृत्वमा आएको टोलीसहित २० जना विशेयज्ञ चकित्सकले शिविरमा सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । दुई दिनसम्म संचालन हुने शिविरमा २ सय ५० भन्दा बढीले स्वास्थ्य लाभ लिने हस्पिटलले अपेक्षा राखेको छ । यस अस्पतालबाट दैनिक ६० देखि ७० जनाले सवो लिने गरेको अस्पतालका अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार देशभरीमा १४ वटा अस्पतालको शाखा रहेको बताए । वार्षिक १४ हजार विरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेका छन् । यस अस्पतालमा बिना अप्रेशन साइड इफेक्ट नहुने प्रविधिद्धार गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, मुख बाङ्गिएकोलागयतको उपचार हुने गरेको छ । क्याटेगोरी : प्रदेश १, वैकल्पिक चिकित्सा, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पुनः सञ्चालनमा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने TFN ट्रेण्डिङ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? दाँत किन दुख्छ ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? दाँत किन दुख्छ ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना