गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:३० मा प्रकाशित सुर्खेत—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् । संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधालयका भौतिक संरचना निर्माणको लागि आर्थिक अभाव हुन नदिने भन्दै उनले सेवाको प्रभावकारितामा ध्यान दिन आयुर्वेद औषधालयलाई निर्देशन दिएका छन् । आयुर्वेद औषधालय व्यावस्थापन समितिका अध्यक्ष विनोद ढकालले औषधालयमा जनशक्ति र भौतिक संरचनाको कमी रहेको भन्दै भौतिक संरचना निर्माणमा सहयोग गरिदिन राज्यमन्त्रीसँग आग्रह गरे । प्रदेश सरकारलाई ४८ जना कर्मचारीको दरबन्दी पठाएपनि अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरे । संघीय सरकारले दिएको दरबन्दीअनुसार एकजना डाक्टर करारमा राखिएको जानकारी दिँदै उनले जनशक्ति नहुँदा काम गर्न समस्या भैरहेको बताए । प्रादेशिक आयुर्वेद औषधालयले अहिले कर्णालीका १० जिल्ला र स्थानीय तहमा संचालनमा रहेका आयुर्वेद औषधालयहरुमा औषधी पठाउने गरेको छ । औषधालयले कर्णालीको १० वटै जिल्लामा नसर्ने रोग व्यवस्थापन गर्नको लागि स्वास्थ्य शिविर चाउनुपर्ने भएकोले औषधी ढुवानी गर्न सवारी साधनको अभाव रहेको उनले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता