२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी

गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी


पोखरा—गण्डकी प्रदेशमा स्क्रब टाइफसका ३ सय ८४ बिरामी भेटिएका छन् । हालसम्म सबैभन्दा बढी लमजुङमा र वागलुङमा ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकीले जनाएको छ ।

मन्त्रालयका अनुसार कास्कीमा ५७, गोरखामा ७१, म्याग्दीमा ६२, नवलपुर २९, लमजुङमा ८९, तनहुँमा ३६, वागलुङमा ४ र स्याङ्जामा २६ जना संक्रमित छन् । पर्वत, मनाङ र मुस्ताङमा भने संक्रमित छैनन् ।

लमजुङमा आउने बिरामीमध्ये धरैले जंगलमा जाँदा किराले टोकेको बताउने गरेको लमजुङ अस्पतालकी फिजिसियन डा. अन्जु गुरुङले बताइन् । उनले भनिन्, ‘तर, सबै प्रकारका किराले टोक्दा स्क्रब टाइफस नै हुने चाहिँ होइन ।’

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस सरुवा रोग हो । यो रोग किर्नाजस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्छ । माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ ।

तर, यो रोग मानिसबाट मानिसमा सर्दैन । माइट मुसामा लाग्ने किर्नाजस्तो किराबाट मानिसमा सर्छ । मुख चुच्चो हुने, कान ठूलो हुने मुसा प्रजातिमा भेटिने जीवाणुका कारण यो रोग मानिसमा लाग्ने दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले बताउँछन् ।

स्क्रब टाइफस भए कस्ता लक्षणहरु देखिन्छन् ?

धेरै ज्वरो आउने, काम ज्वरोसमेत आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, किराले टोकेको ठाउँमा रातो डाबरजस्तो दाग देखिने हुन्छ ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । औषधी सेवन स्क्रब टाइफस निको हुन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ