२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षागण्डकी मेडिकल कलेजका कर्मचारी धरौटीमा रिहा

गण्डकी मेडिकल कलेजका कर्मचारी धरौटीमा रिहा


कास्की-गण्डकी मेडिकल कलेज प्रकरणमा पक्राउ परेका कलेजका दुई कर्मचारी सोमबार धरौटीमा रिहा भएका छन् ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा जिल्ला अदालतको मागबमोजिम जनही रु १७ लाख बैंक जमानतमार्फत धरौटी रकम बुझाएर तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए ।

आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको थियो । कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते उनीहरुलगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो । कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत अन्य नौ जना सञ्चालक एवम् कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ ।

यसअघि अध्यक्ष अर्याललगायत छ जनाले पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेकामा चैत १ गते अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ