२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाआइओएमले तोक्यो एमविविएस र विडीएसको सिट

आइओएमले तोक्यो एमविविएस र विडीएसको सिट


त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षको लागि माताहतका क्याम्पसहरुले एमविविएस र विडीएसमा भर्ना लिने विद्यार्थीे सिट संख्या सिफारीस गर्ने निर्णय गरेको छ । आईओएमले गरेको सो निर्णय नेपाल मेडीकल काउन्सीलको बोडले छलफल गरी स्वीकृत गरेपछि लागु हुनेछ ।

सोमवार वसेको फ्याकल्टी बोडले एमविविएस तर्फ अघिक्तम १ सय १५ सिट दिने गरी सिफारीस गर्ने निर्णय गरेको हो । आइओएम स्रोतले दिएको जानकारी अनुसार अघिल्लो वर्ष १ सय ३५ सिट पाएका कलेजहरुको सिट संख्या घटाएर यस वर्ष अधिकतम १ सय १५ मा झारिएको छ । त्यसैगरी विडीएस(दन्त चिकित्सा) तर्फ अधिकतम ७० सिट संख्या सिफारीस गर्ने निर्णय गरेको छ । सिफारीस भएका मेडीकल कलेजहरुको मेडीकल काउन्सिलले पुन अनुगमन गर्ने छ । आइओएमले सिफारीस गरेको सिट संख्यामा आफुले अनुगमन गरेको आधारमा केही सामान्य हेरफेर गर्न सक्नेछ । फ्याकल्टीस् बोडका एक सदस्यका अनुसार आइओएम फ्याकल्टीले सिफारीस गरेको सिटसंख्या प्राय काउन्सिलले परिर्वतन गर्ने चलन छैन । ‘सामान्य एक दुई सिट घटबड हुन सक्छ ।’ उनले नया पत्रिका संग भने ‘ठूलो फ्याकल्टी बोडले पास गरेको कु्रा काउन्सिलले सामान्य मात्र हेरफेर गर्ने गरेको छ ।’

केसी संगको सम्झैता अनुसार घटाइयो सिट
सरकारले आइओएमका प्राध्यापक डा गोविन्द केसी संगे गरेको सम्झौता अनुसार यस वर्ष पनि एम विविएस पढाउने कलेजहरुको विद्यार्थी सिट संखया घटाइएको छ । केसी संगको सम्झौता अनुसार यस वर्ष कुनै पनि कलेजले १ सय १५ भन्दा वढी विद्यार्थी पढाउन पाउदैनन । सोही सम्झौता अनुसार नै फ्याकल्टी बोडले सिट संख्या सिफारीस गरेको आइओएम साहायक डिन प्राडा सरोज वन्तले बताए । ‘सरकारले गरेको निर्णय अनुसार नै हामीले सिफारीस गरेका छौ,’ उनले नया पत्रीका संग भने । डा केसी संगको सम्झौता अनुसार अघिल्लो वर्ष अधिकतम १ सय ३५ विद्यार्थी पढाउने अनुमती दिएको थियो । यस वर्ष १ सय १५ मा झारिएको छ र आगामी वर्ष एक सय झार्ने सिहमती भएको छ ।

जानकीलाई ८० सिट
व्यवस्थापन राम्रो हुन गर्न नसकेको भन्दे दुई वर्ष सम्म सिट नै नछुट्याएको जनकपुर स्थित जानकी मेडीकल कलेजलाई एक पटक ८० सिट दिने आइओएम फ्याकल्टी बोडले निर्णय गरेको छ । जानकीको आन्तरीक व्यवस्थापनमा झगडा भई पटक पटक वन्द भएको थियो । सो कलेज राम्ररी संचालन हुन नसकेपछि बन्द गर्नु आइओएममा दवाव परेको थियो । तर व्यवीस्थापन परिर्वतन गरी संचालन गरीएको सो कलेजलाई एकैपटक ८० सिट दिने निर्णयको फ्याकल्टी बोडका केही सदस्यले विरोध जनाएका थिए । विराधका वावजुद पनि सो कलेजलाई त्यती सिट दिइएको हो ।

महाराजगञ्ज जस्ताको तस्तै
दुई वर्ष वन्दप्राय भएर सुरु भएको जानकी मेडीकल कलेजले ८० सिट पाउदा देशकै सवैभन्दा राम्रो कलेज मानीएको आइओएमको आफ्नै कलेज महाराजगञ्ज क्याम्पसले भने अभिल्ला वर्ष झै ७६ सिटमै चित्त बुझाउनु परेको छ । अन्य निजी मेडीकल कलेज भन्दा राम्रो व्यवस्थापन, उच्च स्तरको प्रवीधी, प्रसस्त फ्याकल्टी र प्रसस्ती विरामीको चाप हुने शिक्षण अस्पताल हुदा हुदै पनि आफ्नै कलेजमा सिट संख्या बढाउन भने फ्याकल्टीबोडले कुनै निर्णय गरेको छैन । फ्याकल्टीका केही प्राध्यापकहरुले सिट संख्या बढाउन प्रस्ताव गरेतापनि विद्यार्थीले आन्दोलन गर्ने भयले प्रस्ताव पारीत हुन सकेन ।

केही वढे केही घटे
अघिल्लो वर्ष १ सय ३० सिट पाएका नेस्नल मेडीकल कलेज र आर्मी मेडीकल कलेजको लागि आइओएमले यस वर्ष १ सय १५ सिट सिफारीस गरेको छ । अघिल्लो वर्ष १ सय २५ सिट पढाएको चितवन मेडीकल कलेजको पनि सोही हाराहारीमा सिट सिफारीस गरीएको आइओएम स्रोतको दावी छ । १ सय २५ सिट नै पाएको किष्ट मेडीकल कलेजले यस वर्ष १ सय १० सिट सिफारीस भएको छ । यस पटक सिट थप भई सिफारीस हुने भाग्यमानी कलेजमा गण्डकी र युनिभर्षल रहेका छन् । दुवै कलेजमा अघिल्लो वर्ष ९० सिछ थियो । यस वर्ष युनिभर्षलले १ सय १५ र गण्डकीले १ सय १० सिट पाएका छन् ।

विडिएसमा पनि घटवड
विडीएस तर्फ यस वर्ष सवै भन्दा वढी युनिभर्षल कलेजको लागि सिफारीस गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष ३० सिट पाएको सो कलेजले यस वर्ष ७० सिटको सिफारीस भएको छ । त्यसैगरी पिपल्स डेन्टललाई ६५, केडीया डेन्टल कलेजलाई ३५, चितवन मेडीकल कलेजलाई ४० किष्ट मेडीकल कलेजलाई ४५ सिट र गडकी मेडीकल कलेजलाई २५ सिट सिफारीस गर्ने निर्णय गरेको छ ।

घटे सरकारी कोटा
कलेजहरुको सिट संख्या घटे संगै मेडीकल कलेजहरुले अनिवार्य पढाउनुपर्ने सरकारी विद्यार्थीको कोटा पनि घटेको छ । कलेजहरुले कुल विद्यार्थीको संख्याको कम्तीमा १० प्रतिशत सरकारले सिफारीस गरेका जेहेन्दार विद्यार्थी पढाउनुपर्ने हुन्छ । कलेजको सिट संख्या घटे संगै त्यो संख्या पनि घटेको हो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ