२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्, ‘नन कोभिड अस्पतालले जोखिम भत्ता पाउँदैनन्’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्, ‘नन कोभिड अस्पतालले जोखिम भत्ता पाउँदैनन्’

‘शिक्षित मान्छेले नै कोभिड—१९ लाई हाँसी मजाक बनाएँ’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिड—१९ को उपचारमा संलग्न नभएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाउने स्पष्ट पारेका छन् । हेल्थ आवाजसँगको अन्तर्वार्ताको क्रममा डा. गौतमले कोभिड—१९ का बिरामीको उपचार गर्ने भनेर तोकिएका अस्पतालका स्वास्थ्यकर्मीले मात्र भत्ता पाउने उल्लेख भएको बताए ।

‘नन कोभिड अस्पतालले जोखिम भत्ता पाउँदैनन्,’ हेल्थ आवाजसँग भने, ‘कोभिडका प्यासेन्ट नभएका अस्पतालले पाउँदैन् । यदि कोभिड बिरामी अस्पताल आएर भर्ना भएमा जति दिन बस्छन् त्यति दिन गनेर खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउँछन् ।’

उनले काठमाडौं उपत्यकामा केही दिन यता कोभिड संक्रमितसँग सम्पर्क नभएका र कतै पनि बाहिर नगएकामा पनि संक्रमण देखिएको बताए । स्वास्थ्य मन्त्रालयले अहिले पनि निश्चित भुण्डमा झुण्डमा कोरोना देखिएको हुँदा समुदायमा फैलिसकेको भनेर निक्र्यौल नगरेको बताए ।

‘धेरै जिल्लामा स्पोरडिक केस र काठमाडौलगायत केही तराईका जिल्लामा झुण्ड झुण्डमा छ,’ उनले भने, ‘अहिले पनि स्थिती बिग्रीहालेको छैन । बाहिरका मानिससँग आवतजावत रोक गर्ने हो भने रोक्न सकिने अवस्था छ ।’

नेपालमा कोरोनाको अबको अवस्था के होला भन्ने प्रश्नमा उनले अबको दुई सातामा मात्र भन्न सक्ने अवस्था हुने जवाफ दिए । काठमाडौंमा बेला—बेलामा भइरहेका अवाञ्छित धर्ना जुलुस, कोठे बैठक र भारतबाट आउने मानिसका कारण संक्रमण बढाएको भन्दै यस्ता घटना नरोकिए भयावह अवस्था आउने उनको बुझाइ छ ।

‘काठमाडौमा सभा जुलुस बढे, त्यसले संक्रमण बढायो,’ उनले भने, ‘दोस्रो भारतमा केस बढेको बेला ट्रान्सपोर्टेसन खुकुलो भयो । बोर्डर कन्ट्रोल भएन । यहाँ आएकाहरु पनि क्वारेन्टाइनमा बसेनन् ।’ काठमाडौंका स्थानीय तहको तयारी कमजोर रहेको उनको बुझाइ छ ।’

काठमाडौंका मान्छेले कोरोनालाई पत्याएनन्

प्रा.डा. गौतमले काठमाडौंलगायतका बुद्धिजीवी भनिएका र युवापुस्ताले कोरोना महामारीको गम्भीरतालाई नबुझेको गुनासो गरेका छन् । ‘मान्छेले कोरोनालाई पत्याएकै छैनन्, यो रोग नै हैन डब्लुएचओले ल्याएको हल्ला भनेर रमाइरहेका छन्,’ उनले गुनासो पोखे, ‘यत्रो मानिस मरेका छन्, अन्य रोग भएका मानिसलाई बचाउन ज्यादै कठिन परेको छ । तर, हाँसी मजाक बनाइरहेका छन् ।’

सरकारले कोरोनाको गम्भीरताको विषयमा बुझाउन नसकेको हो त भन्ने प्रश्नमा डा. गौतम भन्छन्, ‘केही मानिसलाई अझै थाहा छैन । तर, धेरै मानिसलाई थाहा भएर पनि बानी परिर्वतन गर्न गाह्रो परिरहेको छ ।’

कोभिड—१९ लाई उपचार गर्ने औषधि नभएका कारण स्वास्थ्य सुरक्षाका नियम पालना गरेर रोक्नु नै सही उपाय भएको उनको बुझाइ छ । जनचेतना फैलाउन स्वास्थ्य मन्त्रालयले भनेर मात्र मान्छेले नसुनिरहेको गुनासो गर्दै उनले राजनीतिक दललगायत अन्य क्षेत्र पनि लाग्नुपर्ने बताए ।

निजी अस्पताले हिजो छोइछिटो गरे आज बिरामी मागिरहेका छन्

कोभिड—१९ सुरु भएपछि गरिएको लकडाउनले पूर्व तयारी गर्नेदेखि अस्पताल र स्वास्थ्यकर्मीलाई मनोबल उच्च पार्न सहयोगी भएको डा. गौतमको बुझाइ छ । ‘सुरुका दिनमा ज्वरो आएका बिरामी अस्पताल जादा गेटैबाट सरकारी अस्पताल पठाउने निजी अस्पताल आज हामी पनि उपचार गर्छौ, बिरामी चाहियो भन्न थालेका छन्,’ उनी भन्छन् ‘त्यो भनेको भौतिक र मानसिक रुपमा तयार भएका हुन् ।’

डा. गौतम आउँदो डेढदेखि दुई वर्ष कोभिड बाहिर गएर काम गर्ने सम्भावना नभएको बताउँछन् । त्यसैले अब कोभिड नन् कोभिड भनेर छोइछिटो अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले कोभिड—१९ का सबै बिरामीको तोकिएका अस्पतालमा निःशुल्क उपचार गर्ने तर कोही पैसा तिरेर निजीमा उपचार गर्छु भन्छ भने त्यसलाई रोक्न नहुने उनको धारणा छ । केही बाध्यतामा परेर महंगो निजीमा फसेका छन् भने सम्पर्क गरेमा सरकारी अस्पतालमा सारिने उनी बताउँछन् । ‘पैसा खर्च गर्छु भनेर निजीमा जानेलाई त सरकारले रोक्न भएन्,’ उनी भन्छन्, ‘तर बाध्यतामा परेका कोही हुनुहुन्छ भने सम्पर्क गर्नुभयो भने हामी सरकारी अस्पतालमा सार्छौ । अहिले हामीसँग जति पनि वेड खाली छन् ।’

प्रा.डा. गौतमसँगको पूर्ण कुराकानी भिडियोमा हेर्नुहोस्




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ