२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु अहिलेको टड्कारो आवश्यकता हो’

‘आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु अहिलेको टड्कारो आवश्यकता हो’


सुदूरपश्चिम प्रदेशमा आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कैलालीको राजपुरमा ५० शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना तथा संचालनको अन्तिम तयारीमा रहेको छ । प्रदेशका ७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र महाकाली आयुर्वेद औषधालयलाई १० शैय्यामा स्तरोन्नती लागि सैद्धान्तिक सहमति प्राप्त भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका ६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट आयुर्वेद स्वास्थ्य सेवा सुरु गरेको छ । आयुर्वेद स्वास्थ्यसँग सम्बन्धित विविध पक्षमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखाका आयुर्वेद चिकित्सक डा.चेतराज जोशीसँग हेल्थआवाजका लागि पदमराज भट्टले गरेको कुराकानी :

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद स्वास्थ्यको अवस्था कस्तो छ ?
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार मातहत १० वटा आयुर्वेद स्वास्थ्य संस्थाहरु रहेका छन् । प्रदेश सरकारको संरचनामा ७ वटा पहाडी जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र २ वटा सेती र महाकाली आयुर्वेद औषधालय रहेका छन् ।

प्रादेशिक आयुर्वेद चिकित्सालयको लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट ३७ जनाको अस्थायी दरबन्दी स्वीकृत भइसकेको छ ।

त्यस्तै, संघीय सरकारले सुदूरपश्चिम प्रदेशका जुन स्थानीय तहका स्वास्थ्य संस्थामा आयुर्वेद स्वास्थ्य सेवा छैन । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २२ वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेका छौं । यो बाहेक हामीसँग ३३ वटा स्थानीय तहमा ३३ वटा आयुर्वेद औषधालय रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद स्वास्थ्य जनशक्तिको अवस्था के छ ?
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका आयुर्वेद चिकित्सालयबाहेक सबै दरबन्दी पदपूर्ति भएको अवस्था हो । तर, आयुर्वेद चिकित्सकको हकमा दरबन्दी पदपूर्ति छैन । अझै पनि ५ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ५ वटा आयुर्वेद चिकित्सकको दरबन्दी खाली छ । सामाजिक विकास मन्त्रालयले विज्ञापन गरी ३ वटा आयुर्वेद स्वास्थ्य केन्द्रमा करार सेवामार्फत चिकित्सक पठाएका छौं । २ आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी खाली छ । कविराजको हकमा २ दरबन्दी खाली छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा वैद्यको १ दरबन्दी खाली छ ।

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद स्वास्थ्यलाई प्रभावकारी बनाउन के कस्ता कार्यक्रमहरु संचालन भएका छन् ?
आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अहिलेको टड्कारो आवश्यकता हो ।  संसारमा नसर्ने रोग र मानसिक रोगको जोखिम बढ्दै गयो, यसलाई न्यूनीकरण गर्न आयुर्वेद र योगसँग सम्बन्धित अन्य वैकल्पिक चिकित्सा विधा अगाडि आउनुपर्छ भन्ने कुरा नेपाल सरकारको नीतिमा पनि प्राथमिकतामा छ । प्रदेश सरकारको पनि प्राथमिकतामा परेको विषय हो । यसैसँग सम्बन्धित कुरा जनस्वास्थ्य ऐनमा पनि राखेका छौं । प्र्रदेश स्वास्थ्य नीतिमा पनि ल्याउदैछौं । अहिले हामीले प्रदेश सरकार मातहत हाम्रा जति पनि आयुर्वेद स्वास्थ्य संस्था छन् त्यसमा नियमित ओपिडी सेवा संचालनमा छ । ज्येष्ठ नागरिकका लागि रसायन औषधि वितरण गरेको अवस्था छ । स्तनपान गराउने आमालाई ६ महिनासम्म दुधबद्र्धक औषधिहरु दिइरहेका छौं । आयुर्वेद स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालनका साथै दुर्गम क्षेत्रमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सञ्चालन गरेका छौं ।

आयुर्वेदसँग जोडिने अर्को मुख्य पाटो भनेको योग हो । योगका कार्यक्रमहरु जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, महाकाली र सेती आयुर्वेद औषधालयमा नियमित रुपमा संचालनमा आएको अबस्था छ । आयुर्वेदको आफ्नै विशिष्टीकृत चिकित्सा पद्धती छ, जसलाई हामी पूर्व कर्म, पञ्चकर्म भन्छौं । यसको मुख्य असर भनेको नसर्ने रोग तथा मानसिक रोगहरुमा राम्रो नतिजा भएको हुनाले यो कार्यक्रम पनि संचालनमा छ । यसबाहेक नीतिगत कुरामा स्थानीय तह प्रदेश तहमा रहेका जनप्रतिनिधिहरुलाई आयुर्वेद र योग बुझाउन आवश्यक रहेकाले त्यो तहको कार्यक्रम पनि राखेको अवस्था छ ।

स्वास्थ्य तालिम केन्द्रबाट रसायन तथा बजारीकरण सम्बन्धि तालिम, पूर्वकर्म/पञ्चकर्म/योग सम्बन्धि तालिम र ट्राफिक प्रहरीलाई योगाभ्यासका कार्यक्रमहरु संचालनमा छन् ।

आयुर्वेद स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन आगामी योजनाहरु के छन् ?
अहिले प्रदेश सरकारको आगामी योजना आयुर्वेदमा तथ्यांक संकलनमा समस्या थियो । आयुर्वेदका तथ्यांकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा नसमेटिने हुनाले आयुर्वेद विभागले आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एआईएमएस सफ्टवेयर सुरु भएको छ । यसले गर्दा कति बिरामी नियमित रुपमा आयुर्वेद स्वास्थ्य सेवा लिइरहेका छन् । फ्लोअपमा कति आउँछन्, यसलाई अगाडि बढाउन महत्वपूर्ण छ । आयुर्वेद स्वास्थ्य सेवा सम्पूर्ण स्थानीय तहमा नपुगेको हुनाले सेवाग्राहीको पहुँच छैन । त्यो स्थानीय तहका आधारभूत स्वास्थ्य संस्थामा आयुर्वेद तथा बैकल्पिक चिकित्साको युनिट स्थापना हुनुपर्दछ भनेर ऐन÷नीतिमा पनि यो कुरा ल्याउन खोजेका छौं ।
आयुर्वेद स्वास्थ्य संस्थाबाट संचालन कार्यक्रमहरुको प्रभावकारिता छदैंछ । यतिले पुग्दैन्, अब आम जनसमुदायमा र सामुदायिकस्तरमा जान नयाँ कार्यक्रम ल्याउने योजना छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ