२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलकडाउनको कारण संकटमा परे श्रमिक मजदुर

लकडाउनको कारण संकटमा परे श्रमिक मजदुर


जुम्ला – चितवन देखि ज्याला मजदुरीका लागि ७ चैतमा जुम्ला पुगेका दुई युवा लकडाउनका संकटमा परेका छन् । (तत्कालिन मेघौली २ पर्सुबजार) भरतपुर महानगरपालिका – २८ चितवन स्थायी घर बताउने जयबहादुर कुमाल र भिष्म महोत्तो स्वरोजगारको खोजीमा ७ चैतमा जुम्ला पुगेको अवस्थामा १० चैतमा जुम्ला जिल्ला लकडाउन र ११ चैत्र देश नै लकडाउन भयो ।

जयबहादुर कुमालले भने, ‘जुम्ला पुगेको दुई दिनपछि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न राज्यले लकडाउन सुरु ग¥यो । लकडाउन सुरु भएपछि यहाँ कुनै पनि काम पाइएन । काम नपाएपछि पुर्णरुपमा बेरोजगार भैयो ।’ उनले काम नै नपाएपछि विहान बेलुका छाक टार्न निकै समस्या भईरहेको उनले बताए ।

लकडाउनले बेखर्ची भएपछि तातोपानी गाउँपालिका – २ जुम्लाकी सत्यदेवि डाँगीको शरणमा पर्नु परेको उनको भनाई छ । ‘लकडाउन भएको एक महिना पुग्दै छ । लामो समयसम्म उनकै शरणमा बसेका छौँ’  ,जयबहादुरले भने, ‘लकडाउनले नत घर जान पाएको छ न त काम नै ।’

घर जानका लागि प्रशासनले अनुमति दिएन । एउटा दिदिको शरणमा कति बसौँ यहाँका स्थानीय सरकारले राहतको पनि कुनै व्यवस्थापन गरेका छैन । नगरपालिका गएपछि वडापालिका पठाउन्छन् उनले भने वडापालिकामा गएपछि आज दिन्छौँ भोलि दिन्छौँ भन्छन् ।

तातोपानी गाउँपलिका – २ की सत्यदेवि डाँगीले भनिन् चितवन जिल्लाका दुई जनालाई लकडाउन भएदेखि पाल्दै आएको छु । उनीहरुसँग चिवतनमा जाँदा चिनजान भएको थियो । उनीहरु यहाँ आएका छन् । जुम्लामा लकडाउन भएपछि चिनजानका नाताले मेरो सम्पर्कमा आउनुभयो । सम्पर्कमा आएका पाहुनालाई भोकै राख्न सकिन । आफुले आधा खाएपनि उनीहरुले सहयोग गर्दै आएको उनले बताइन् ।

उनीहरुले चितवन घर जान खोजेका छन्, कतैबाट पहल नभएपछि एक महिनादेखि जुम्लामै थन्किएको उनले बताइन् । ‘मेरो पनि सामान्य अवस्था नै हो । जुम्ला बजारमा सामान्य किनारा पसल छ । त्यही पनि लकडाउनले पसल बन्द भएको एक महिना जति भयो’ ,उनले भनिन्, ‘ज्यालादारी गरि परिवार पाल्ने भन्दै पोखराबाट जुम्ला पुगेकी सुनिता विकको पनि खाद्यान्न सकिएको छ । दुई दिन देखि भोकै बस्नु परेको उनले दुखेसो पोखिन । ‘अहिले न काम छ , न माम, पानी खाएर दिन रात काट्छौं ।’

यस्तै, दैनिक ज्यालामजदुरी गर्न जुम्ला पुगेका जानकी गाउँपालिका ७ का ८ जनाको टोली पनि जुम्लामा लकडाउनमा परेका छन् । उक्त टोली मध्ये राम प्रसाद चौधरीका अनुसार लकडाउन भएपछि घर जान पनि पाइएन उनले भने, ‘यहाँ काम पनि हुने गरेको छैन ।’ यस्तै आर्दश कटुवाल गाउँपालिका ८ बाराका मेवाकाल शाह पनि जुम्लामै लकडाउनमा परेका बताउन्छन् । उनले भने व्यापार व्यवसायका लागि बारादेखि जुम्ला पुगियो । लकडाउन व्यापार बन्द भयो । अहिले बेर्खची भएका छौँ उनले भने घर जानका लागि कुनै पहल नभएका हुदा समस्या भएको छ । अहिले जुम्लामा बारा जिल्लाका ८ जनाको टोली छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार अहिले प्रशासनले लकडाउनको पुर्ण पालना गर्ने हो । उद्धारका कुनै काम गरेको छैन उनले भनिन् लकडाउनमा जहाँ छ त्यही बस्ने हो । खान बस्नका लागि कुनै समस्या भएको खण्डमा स्थानीय सरकारसँग सहकार्य समन्वय गर्ने प्रशासनको जिम्मेवारी रहेको उनले बताइन् । राहत वितरणमा स्थानीय तहको जिम्मेवारी भएको हुदा लकडाउनका कारण समस्यामा परेका मजदुरलाई नजिकको स्थानीय तहसँग सम्पर्क गर्न उनले आग्रह गरिन् । चन्दननाथ नगरपालिका – ६ का वडाध्यक्ष अजबहादुर रावलले मजदुरहरुको विवरण नगरपालिकामा पुगि सकेकोले राहत वितरण गर्ने तयारी गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ