२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखमा थप ८ जनामा देखियो कोरोना संक्रमण

दैलेखमा थप ८ जनामा देखियो कोरोना संक्रमण


सुर्खेत—दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका—१, ३, ४ र ५ नम्बर वडाका ८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

उनीहरुको उमेर १ वर्षदेखि ४० वर्षसम्म रहेको छ । संक्रमितमध्ये ७ जना पुरुष र एक जना महिला रहेका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीकाअनुसार नारायण नगरपालिका—१, ३, ४ र ५ का २६, १९, ३०, ३६ र ४०, १७ वर्षका पुरुष र २० वर्षीया महिला र १ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ