२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प

स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प


सुर्खेत– स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प भएका छन् । स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि आकस्मिक बाहेकका अन्य सबै सेवा एक हप्ताका लागि ठप्प गरेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

स्वास्थ्य कार्यालयमा कोरोना पोजेटिभ भेटिएपछि जिल्लामा संक्रमण नफैलियोस भनेर अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै १ हप्ताका लागि बन्द गरेको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।

मुगु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी चिकित्सक नर्स, अनमी र स्थानीय लगायत ६२ जनाको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कोरोना पोजिटिभ कर्मचारीलाई उपचारका लागि सोमबारदेखि नै आइसोलेसनमा राखेर उपचार सुरु भईरहेको नेपालीले जानकारी दिए । यो सँगै एक साताका लागि गमगढी बजारमा निषेधाज्ञा जारी गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ