२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिकित्साशास्त्रकाे स्नातकोत्तर अध्ययन अब जुम्लामै, आयोगले दियो अनुमति

चिकित्साशास्त्रकाे स्नातकोत्तर अध्ययन अब जुम्लामै, आयोगले दियो अनुमति


जुम्ला– सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य शिक्षा क्षेत्रको स्नातकोत्तर कक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी जनरल प्राक्टिस, एमडि एनेस्थेसिया, एमडि पेड्रियाट्रिक्स विधामा पठनपाठन गर्न अनुमति दिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएको जानकारी दिए ।

उनका अनुसार सरकारको यो निर्णयपछि प्रतिष्ठानलाई अर्काे सफलता मिलेको छ । विशेषज्ञ सेवा अध्ययन गरेर कर्णालीले मुलुकलाई अब दक्ष जनशक्ति दिने अवसरका लागि नेपाल सरकार प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग, प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैको सहयोग र समर्थन रहेको उनले बताए ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार आयोगको पुर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडिएमएस पाँच सिटको पक्का भएको छ । अब कर्णालीले एमबीबीएस स्विकृत समेत पाउने बिषयमा आशा पलाएको छ । उक्त विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र प्राप्त भइसकेको छ ।

यता एक महिना अघिदेखि कर्णाली प्रतिष्ठानमा सो कार्यक्रमहरु सहित एमविविएसका लागि स्विकृत दिन भन्दै प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावलले चिकित्सा शिक्षा आयोग , स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा दौडधुप गर्दै आएका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ