गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर ५ गते, १२:२२ मा प्रकाशित सुर्खेत– कर्णाली प्रदेशमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रियामार्फत बच्चा जन्माएकी दैलेख नारायण नगरपालिका–११ की दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको हो । दीपा मंगलबार भगवतीमाई गाउँपालिका–२ स्थित माइती घरको आँगनबाट लडेकी थिइन् । उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । दीपाका श्रीमान खड्क विककाअनुसार दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो । बुधबार बिहान सात बजे प्रदेश अस्पताल पु¥याउँदा उनी बेहोस अवस्थामा रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । बिरामी प्रदेश अस्पताल पु¥याउदा नै अचेत भएकाले कृत्रिम स्वास–प्रस्वास दिएर भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै हुँदा सुत्केरी गराइएको अस्पताललले जनाएको छ । थापाकाअनुसार बुधबार विहान साढे ११ बजे बच्चा निकालिएको थियो । पेटभित्रै मरिसकेको बच्चाको तौल दुई किलो आठसय ग्राम थियो । बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा