२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनेपाल चिकित्सक संघ कर्णाली प्रदेश शाखाको अध्यक्षमा डा. गिरी, सबै पदमा सर्वसम्मत

नेपाल चिकित्सक संघ कर्णाली प्रदेश शाखाको अध्यक्षमा डा. गिरी, सबै पदमा सर्वसम्मत


काठमाडौं—नेपाल चिकित्सक संघ कर्णाली प्रदेश शाखाको कार्यकारिणी समितिमा अध्यक्षमा डा. प्रवीणकुमार गिरी सर्वसम्मत रुपमा चयन भएका छन् । सोमबार शाखाको २०७७—०८० कार्यकालका लागि भएको निर्वाचनमा डा. गिरी सर्वसम्मत अध्ययन चयन भएका हुन् ।

संघका अन्य पदहरुमा पनि सर्वसम्मत भएको छ । बरिष्ठ उपाध्यक्षमा डा. पुजनकुमार रोकाया, उपाध्यक्षमा डा. कमलप्रसाद थानी, सचिवमा डा. तुफान सिंह कठायत, सह—सचिवमा डा. निराजन महासेठ, कोषाध्यक्षमा डा. सुबी बस्न्यात र सह—कोषाध्यक्षमा डा. रविन खापुङ सर्वसम्मत भएका छन् ।

कार्यसमितिका अन्य सदस्यहरुमा डा. हेमन्त चौधरी, डा. राजेन्द्रमणि गिरी, डा. राधा शरण सुडी, डा. रोजनिम श्रेष्ठ, डा. माणिक न्यौपाने र डा. सिद्धार्थ धोज खाती सर्वसम्मत भएको निर्वाचन अधिकृत डा. तुलाकृष्ण गुप्ताले जानकारी दिए ।

नेपाल चिकित्सक संघ कर्णाली प्रदेश शाखा ४ वर्ष अघि डा मंगल रावलको अध्यक्षतामा गठन भएको थियो। प्रदेश शाखा गठन भएको ४ वर्ष पछि दोश्रो कार्य समिति बनेको हो। आफु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालको निर्देशक पनि भएको र एक कार्यकाल नेतृत्व गरिसकेको हुँदा नयाँ टिमलाई नेतृत्व हस्तान्तरण गरेको उनले बताए।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ