गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन चन्द्रा कँडेल शुक्रबार, २०७८ साउन २२ गते, १७:५६ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधै खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् । शुक्रबार प्रदेश अस्पतालको निरीक्षणका क्रममा उनले बिरामीको उचित उपचार गर्न र सेवाग्राहीलाई खुसी पार्ने गरी काम गर्न अस्पताललाई निर्देशन दिएका हुन्। तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीको जोड छ । उनका अनुसार प्रर्देश अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन पर्नेमा उनले जोड दिएका हुन् । बजेट कम भएको खण्डमा प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार रहेको समेत मुख्यमन्त्री शाहीको भनाई छ । कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको उनले जानकारी गराए । मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराएका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला