२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएनआरएनए अमेरिकाको सहयोगमा बनेको प्रसुती तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण

एनआरएनए अमेरिकाको सहयोगमा बनेको प्रसुती तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण


सल्यान—गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको ‘वान एनसीसी वान च्यारिटी’ अन्तर्गत सल्यानको विकट ठाउँ कुमाख गाउँपालिका—१ टाट्के चौरमा निर्माण गरेको प्रसुती गृह तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण गरेको छ । भवनको निर्माण कार्य सम्पन्न गरी आइतबार कार्यक्रमकाबीच कुमाख गाउँपालिकालाई भवन हस्तान्तरण गरिएको हो ।

उक्त परियोजनाको व्यवस्थापनको जिम्मा गाउँपालिकाको रहेको छ भने चौरजहारी अस्पतालले एचडिसिएस प्रसुती गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको छ।

चौरीजहारी अस्पतालले प्रसुती गृहमा आइतबार नै एक वृहत निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो । उक्त स्वास्थ्य शिविरमा गर्भवती महिलाहरुको अनुहारमा देखिएको खुशीले यस्ता किसिमका मानवीय कार्यमा अझ सक्रियता साथ लाग्ने प्रेरणा मिलेको एनआरएन अमेरिकाले जनाएको छ । परियोजनाले सल्यानको विकट टाड्केका बासिन्दाहरुमा सुलभ स्वास्थ्य सेवामार्फत मातृशिशु मृत्युदरमा कमी हुने विश्वास एनआरएन अमेरिकाको छ ।

परियोजना सम्पन्न गर्नको लागि सहयोग गर्ने एनआरएनए अमेरिका, कुमाख गाउँपालिका, मानव विकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पताल, भवनको लागि ५ रोपनी जग्गा दान गर्ने सिता राना र दले रानालगायत सरोकारवालालाई एनआरएनए अमेरिकाले धन्यवाद ज्ञापन गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ