२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका हिमाली जिल्लामा औषधीय गुण भएको गुच्ची च्याउ टिप्ने चटारो

कर्णालीका हिमाली जिल्लामा औषधीय गुण भएको गुच्ची च्याउ टिप्ने चटारो

स्थानीय बजारमा गुच्ची च्याउको मूल्य प्रतिकिलो १४ हजारदेखि १७ हजारसम्म पर्ने गरेको छ ।


सुर्खेत – कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा औषधीय गुण भएको गुच्ची च्याउ टिप्ने चटारो सुरु भएको छ । हिमाली जिल्लाका बासिन्दाको आम्दानीको मुख्य स्रोत गुच्ची च्याउ भएका कारणले टिप्ने चटारो बढेको हो ।  चैत्रको पहिलो सातादेखि नै फल्न सुरु हुने गुच्ची च्याउ एक प्रकारको जङ्गली जडीबुटी नै हो ।

ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्ची च्याउ टिप्ने चटारो बढेको डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–४ का स्थानीय छिरिङ लामाले बताए । ‘यो हिमाली जिल्लामा एक प्रकार औषधीय गुण भएको च्याउ हो ।’ उनले भने,‘यो च्याउ जङ्गलमा पाइने गरेको छ ।’

यो वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्ची च्याउको राम्रो उत्पादन भएको स्थानीय मुगु जिल्ला सोरु गाउँपालिका–७ रमिला बुढाले बताइन् । ‘स्थानीय बजारमा गुच्ची च्याउको मूल्य प्रतिकिलो १४ हजारदेखि १७ हजारसम्म पर्ने गरेको छ ।’

उनले भनिन्,‘बेँसीतिर उम्रिने गुच्ची च्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने गरेको छ । ठाउँ हेरेर मूल्य फरक फरक हुन्छ ।’

कर्णालीको हिमाली भेकमा पाइने गुच्ची च्याउ नेपालगन्ज, काठमाडौँ र तिब्बतसम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी संघका मुगुका अध्यक्ष मेलबहादुर शाहीले बताए । ‘गुच्ची च्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको छ ।’ उनले भने,‘हुम्लाको हिल्सा नाका हुँदै चीनसम्म पनि जाने गरेको छ ।’

कर्णालीमा गुच्ची च्याउ कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि यहाँका स्थानीयको आम्दानीको स्रोत भनेको गुच्ची च्याउ पनि एक हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ