२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिलाका तीन वडा पूर्ण खोप सुनिश्चितता

तिलाका तीन वडा पूर्ण खोप सुनिश्चितता


जुम्ला—तिला गाउँपालिकाभित्रका ९ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिका भित्रका १, २ र ९ नम्बर वडा पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

पूर्ण खोप जिल्ला घोषणा घोषणा भएपनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी धिताले बताइन् ।

‘खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेकी छ,’ उनले भनिन्, ‘अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता रहेको छ ।’

वडा नम्बर १ रारागाउँमा शून्यदेखि १५ महिना भित्रका ३० जना बालबालिकालाई पूर्ण खोप लगाएको राँरा स्वास्थ्य चौकी इन्चार्ज हिमाली खत्रीले बताइन् । यस्तै १६ देखि २३ महिना भित्रका २७ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ ।
वडा नम्बर २ लर्मीगाउँमा खोप लगाउने उमेर समुहका १० जना र लिहिगाउँका १९ जनालाई पूर्ण खोप लगाएको हो । ‘खोप लगाउन छुटेका ३ जना बालबालिकालाई खोजेर पूर्ण खोप लगाएको हो । अहिले बालबालिका खोप छुटाउनु हुन्न भन्ने नीति छ,’ उनले भनिन्, ‘खोजेर खोप भन्ने स्वास्थ्यको नीति भएकोले वडा भित्र रहेका सवै बालबालिकाले अनिवार्य खोप लगाउने गरेका छौं ।’

सबै टोली वस्ती वडाका सबै बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चितता गरिने गरिएको इन्चार्ज खत्रीले बताइन् ।
यस्तै, तिला गाउँपालिका –९ नम्बर वडामा मालामानी, राँसा, ढिपु र खोप्री गाउँ वस्तीका शून्यदेखि २३ महिना भित्रका ४७ जना बालबालिकाले पूर्णखोप पाएकोे राँसा स्वास्थ्य चौकी इन्चार्ज हर्कबहादुर रावतले बताए । ‘यी सबै टोलबस्ती खोप लगाउने उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गरी वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । यो हरेक वर्ष पूर्ण खोप सुनिश्चिता गरिन्छ,’ उनले भने ।

तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टकाअनुसार यहाँका सबै वडाका खोप उमेर समुहका बालबालिकाले पूर्णखोप लगाएको हुनु पर्नेछ । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएका कारणले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए नपाएको एकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउनु हुँदैन् ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकार संवेदनशील भएको गाउँपालिका उपप्रमुख गोरीकला बुढाले बताइन् । उनले भनिन्, ‘यो गाउँपालिकामा ९ वडा छन् । १९ वटा भित्र १३ वटा स्वास्थ्यका संरचना रहेका छन् । भौगोलिक वनोटले यहाँका गाउँ वस्ती धेरै विकट छन् । १३ वटा स्वास्थ्य संरचना हुँदा पनि सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । सडक निर्माण हुँदैछन् । सडक निर्माण भएपछि स्वास्थ्य संस्थामा सेवाग्राहीलाई आवतजावत गर्न सहज हुनेछ ।’ स्थानीय सरकार, प्रदेश र संघीय सरकार तीनै तहको समन्वयमा स्वास्थ्य क्षेत्रको वृद्धि विकासमा काम भइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ