२०८३ असार २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


वीरेन्द्रगर—कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनालाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध मुद्दा दायर गरिएको हो ।

स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आइरहेकोमा उनीहरुले अनधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रवेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरेर अनियमितता गरेको आयोगको आरोप अख्तियारको छ ।

अस्पतालमा १ साउन २०८० देखि ३२ साउन २०८१ सम्मको अवधिमा संकलन भएको राजस्व रकम ३४ लाख तीन हजार ८५६ रुपैयाँ पचास पैसामध्ये आठ लाख ३६ हजार ३३० रुपैयाँ रकम अस्पतालको खातामा दाखिला गरी २५ लाख ६७ हजार पाँच सय २६ रुपैयाँ पचास पैसा हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल बताए ।

स्वास्थ्य बिमामा बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दा अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रवेश गरी बिलिङ गर्ने गरेको र बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको भन्‍ने उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । सो उजुरीमाथि छानविन गर्दा प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत सुवेदीले सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरसमेतले ठूलो रकम हिनामिना गरेको भेटिएको आरोप अख्तियारको छ ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत बिगो र सजाय माग गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ