२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशले पाँच जिल्लामा ५० शैय्याका अस्पताल बनाउँदैं

कर्णाली प्रदेशले पाँच जिल्लामा ५० शैय्याका अस्पताल बनाउँदैं


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले पाँच जिल्लामा नयाँ अस्पताल बनाउन लागेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा सुविधायुक्त अस्पताल बनाउन लागेको हो ।

पाँचै जिल्लामा ५०/५० शैय्याका अस्पताल बन्न लागेका हुन् । आगामी ३ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएकोमा एक वर्ष बितिसकेको छ ।

अहिलेसम्म निर्माणको काम भइरहेको छ । अबको दुई वर्षमा सुविधायुक्त अस्पतालका पक्की भवन ठडिने अपेक्षा गरिएको छ । निर्माणाधीन अस्पताल भवनहरुको जुम्लाबाटै नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ ।

कर्णालीका दुर्गम पाँच जिल्लामा ९६ करोड २१ लाख लगानी गरी अस्पताल भवन निर्माण भइरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सब–इन्जिनियर चन्द्र खड्काले बताए ।

‘खर्च भएको रकमअनुसारको भुक्तानी सम्बन्धित जिल्लाबाटै हुने र अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी जुम्लालाई तोकिएको छ,’ उनले भने, ‘कर्णालीमा प्रतिष्ठानपछि आशालाग्दो पूर्वाधारसहितको स्वास्थ्य सेवा पाउने अस्पताल कतै छैनन् । पाँचै जिल्लामा अस्पताल भवन निर्माणपछि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ