गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी हेल्थ आवाज आईतबार, २०८० वैशाख ३१ गते, १३:०३ मा प्रकाशित वीरेन्द्रनगर—दैलेखको एक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ । शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगलागी भएको र उक्त आगलागीबाट औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको जानकारी दिए । उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । कसले के कारणले आगलागी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो । स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड हुने गरेको थियो । आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले जानकारी दिइन् । आगो भने गएराति नै निभाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ विकट मुगुका ‘बल डाक्टर’ ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट