२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन

अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन


काठमाडौँ – बिना अनुमति नेपाल भारत मैत्री अस्पतालले पीसीआर परीक्षणका नाममा मोटो रकम उठाएको पाइएको छ । जनतालाई भ्रममा पारी उक्त अस्पतालले पीसीआर परीक्षणका नाममा प्रतिव्यक्ति २५ सय रुपैयाँ उठाउँदै आएको फेला परेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानुनी रुपमा पसिआर परीक्षण गर्दै आएका अस्पतालमाथि कारवाही गर्न नसक्दा अनुमति नपाएका प्रयोगशाला तथा अस्पतालहरुले समेत पीसीआर परीक्षणका नाममा स्वाब संकलन गर्दै आएका छन् ।

सरकारले ४१ सरकारी र २१ निजी प्रयोगशालामा कोरोना पत्ता लगाउने पीसीआर परीक्षणको अनुमति दिएको छ । पीसीआर परीक्षणको शुल्क २००० भन्दा बढी लिन नपाउँने व्यवस्था स्वास्थ्य मन्त्रालयको छ । तर, यस्ता बिचौलीयाको रुपमा काम गरेका अस्पतालहरुले भने तोकिएकोभन्दा बढी रकम उठाइरहेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर बिजेन्द्र अधिकारीले भने आफुलाई पीसीआर परिक्षणका नाममा उठाएको अवैधानिक रकमबारे जानकारी नभएको भन्दै पन्छिन खोजे । उनले के कति रकम लिएको भन्नेबारेमा आफु बुझेर मात्रै जवाफ दिन सक्ने बताए । अस्पताल स्रोतका अनुसार उनीहरुले नै निर्णय गरेर २५०० रुपैयाँ लिनु भनेको हो ।

बिरामीहरुलाई अस्पतालमा नै परीक्षण हुने बताएको नेपाल भारत कोरिया मैत्री अस्पतालसँग हेल्थ आवाजले बुझ्दा भने बिध ल्यावमा परीक्षणका लागि स्वाब पठाउँने बतायो । सुरुमा नेपाल भारत कोरिया मैत्री अस्पतालमा पनि पीसीआर परीक्षण हुन्छ भनेको अस्पतालले अनुमति पाउनु भएको छ भन्ने प्रति प्रश्न भने बिध ल्याव पठाउने बताएको हो ।

सरकारले केही दिन अघि मात्रै तोकेकोभन्दा बढी रकम लिने प्रयोगशाला वा अस्पतालको अनुमति खारेज गर्ने निर्णय गरेको थियो । तर, अझै सरकारको रक्षणमा रहेर खुलेआम जनता ठग्ने यस्ता अस्पतालमाथि कारवाहीको प्रक्रिया अघि बढाएको छैन ।

सरकारले तोकेको २००० भित्र पीपीई, किट र स्वास्थ्यकर्मी सबैको खर्च कटाउँदा पनि ८ सय रुपैया प्रति नमुना फाइदा हुन्छ । हाल १५५० रुपैयाँमा पिसिआर गरेका अस्पतालहरुका अनुसार १२ सय खर्च हुने र प्रति नमुना ३ सय चोखो फाइदा हुने बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ