२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी

दैलेखको एक आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी


वीरेन्द्रनगर—दैलेखको एक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ । शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगलागी भएको र उक्त आगलागीबाट औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको जानकारी दिए ।

उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । कसले के कारणले आगलागी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो ।

स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड हुने गरेको थियो । आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले जानकारी दिइन् । आगो भने गएराति नै निभाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ