२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने

कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पतालले सेवा र सुविधामा पहुँच विस्तार गर्दै लगेको छ । सेवा र सुविधामा पहुँच विस्तार भएसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ ।

बिरामीको चाप बढ्दै गएपछि अस्पतालले अनलाइनबाटै नाम दर्ता गराउन सकिने व्यवस्था गरेको छ । सेवाग्राहीको चाप बढेपछि अनलाइनबाटै नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

अनलाइन सेवाले बिरामीलाई लाइन लाग्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने अस्पतालको दाबी छ । सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा लिनेहरुको घुँइचो लाग्ने गरेको छ । बिहीबारदेखि उक्त सेवा सञ्चालनमा आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ