गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु हेल्थ आवाज आईतबार, २०८१ चैत्र २४ गते, १४:३३ मा प्रकाशित वीरेन्द्रनगर—अटो दुर्घटनामा परेर घाइते भएका सिनियर अहेब नरबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ । ११ चैतमा ४३ वर्षीय खत्री सानीभेरी—३ को बेलटापु नजिकै भएको अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । शनिबार उनको भारतको लखनउमा निधन भएको हो । खत्री सानीभेरी गाउँपालिका–६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिनियर अहेब पदमा कार्यरत थिए । घटना लगतै उनलाई उपचारका लागि तत्काल चौरजहारी अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगन्ज हुँदै भारतको लखनउ लिइएको थियो । उनको टाउको, गर्दन, मेरुदण्डलगायतका शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो । सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले शनिबार बिहान उपचारको क्रममा उनको निधनको खबर आएको जानकारी दिए । भारतको लखनउस्थित म्याक्स अस्पतालमा उनको उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्