२०८२ चैत्र ४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो

बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो


वीरेन्द्रनगर—बाजुराको बडीमालिका नगरपालिकाका–२१ वर्षीया सुत्केरी सरता रोकायालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

मंगलबार राति सुत्केरी भएकी उनलाई अत्यधिक मात्रामा रक्तस्राव भएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

चिकित्सकको सल्लाहअनुसार सुविधायुक्त स्वास्थ्य संस्थामा लैजान माग भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ