२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु

कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु


बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेशन शाखामा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलवार तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताए ।

कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । त्यस्तै सोमवार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएकी तिलोत्तमाकी महिलाको सोही दिन राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सोमवार राती थप एकजनाको कोभिड १९ का कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरानका ५० वर्षीय पुरुष रहेका छन् । उनमा पुरानो मधुमेह र उच्च रक्तचापको समस्या रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ