२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनालाई जितेर घर फर्किए ५ लाख संक्रमित, यी १० देश सबैभन्दा बढी प्रभावित

कोरोनालाई जितेर घर फर्किए ५ लाख संक्रमित, यी १० देश सबैभन्दा बढी प्रभावित


काठमाडौँ – कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विश्व नै त्रसित छ। कोरोना प्रभावित देशहरुले उच्च सतर्कता अपनाईरहेको बाबजुद पनि कोरोनाको कहर रोकिएको छैन । कोरोनाको अन्त्य गर्ने वैज्ञानिकहरु अनुसन्धानमा लागी परेका छन् ।

यस्तै, डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमितको उपचारमा रातदिन ज्यानको बाजी राखी खटिरहेका छन्। उपचार पाएका कयौं संक्रमित ठिक भएर घर फर्किन सफल भएका छन्।  ‘वोर्ल्ड मिटर’को तथ्यांक अनुसार हालसम्म १ लाख ६० हजार ७ सय ९१ संक्रमितको मृत्यु भइसकेको छ भने २३ लाख ३२ हजार ६ सय ४९ व्यक्तिमा कोभिड-१९ संक्रमण देखिएको छ ।

यसैबीच कोरोना भाइरसलाई जितेर ६ लाख १ सय ४० संक्रमित पूर्णरुपले निको भइ घर फर्किएका छन् । चीनबाट सुरु भएको उक्त भाइरसबाट पुरा विश्व प्रभावित भएको छ ।

पछिल्लो तथ्यांक अनुसार यी १० देश  सबैभन्दा बढी कोरोना  प्रभावित :
देश संक्रमितको संख्या  मृत्यु  ठिक हुने संख्या 
अमेरिका ७ लाख ३८ हजार ८ सय ३० ३९ हजार १४ जना ६८ हजार २ सय ८५
स्पेन १  लाख ९४ हजार ४ सय १६ २० हजार ६ सय ३९ ७४ हजार ७ सय ९७
इटाली १ लाख ७५ हजार ९ सय २५ २३ हजार २ सय २७ ४४ हजार ९ सय २७
फ्रान्स १ लाख ५१ हजार ७ सय ९३ १९ हजार ३ सय २३ ३५ हजार ९ सय ८३
जर्मनी १ लाख ४३ हजार ७ सय २४ ४ हजार ५ सय ३८ ८५ हजार ४ सय
व्रिटेन १ लाख १४ हजार २ सय १७ १५ हजार ४ सय ६४ ठिक हुने संख्या सार्वजनिक गरिएको छैन
चीन ८२ हजार ७ सय ३५ ४ हजार ६ सय ३२ ७७ हजार २९ जना
टर्की ८२ हजार ३ सय २९ १ हजार ८ सय ९० १० हजार ४ सय ५३
इरान ८० हजार ८ सय ६८ ५ हजार ३१ जना ५५ हजार ९ सय ८७
बेल्जियम ३७ हजार १ सय ८३ ५ हजार ४ सय ५३ ८ हजार ३ सय ४८

विश्वव्यापी रुपमा महामारी फैलिएसंगै यसको रोकथाम र थप फैलिन नदिन कयौं देशमा लकडाउन गरिएको छ भने शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको लागि आइसोलेसनको व्यवस्था गरी उपचार भइरहेको छ ।

-एजेन्सी

 

यो पनि पढनुहोस: https://www.healthaawaj.com/others/13411/


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ