२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिकलाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार 

नर्भिकलाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार 


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटल जर्मनीस्थित बर्लिनमा ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानित भएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त समारोहमा युरोप, एसिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए ।

नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय–संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि. का कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए । साँझ पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको विहानी सत्रमा खेमकालाई विशेष वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उक्त समारोहमा आफ्नो मन्तव्य राख्दैं खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगतिलगायतका विविध विषयमा प्रकाश पारेका थिए ।

विश्वभरका ५५ वटा छानिएका र पुरस्कृत संघ–संस्थाका प्रतिनिधमाझ उनले आफ्नो धारणा राखेका थिए । विश्वभरका जनप्रशासन सम्बन्धी संस्थाहरु, कम्पनीहरु, विश्वविद्यालयहरु, संघसंस्थाहरु, विशिष्ट व्यवसायिक व्यक्तित्वहरु, प्रबुद्ध प्राज्ञिक व्यक्तित्वहरु र गुणस्तर विज्ञहरुका समुपस्थितिमा खेमकाले पुरस्कार ग्रहण गरेका थिए ।

गुणस्तरीय अनुसन्धान सम्बन्धी युरोपेली समाज स्वीट्जरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तर सम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रवद्र्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने/गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासन सम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्य क्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ