गृहपृष्ठ ∕ समाचार ∕ स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १९:२६ मा प्रकाशित काठमाडौं—नेपाल सरकारले सेनिटाइजर दर्ता अनुमति दिने समयावधि थप गरेपछि नेपाल औषधी उत्पादक संघले विरोध जनाएको छ । संघको बिहीबार बसेको आकस्मिक बैठकले सरकारले गरेको निर्णय तीन दिनभित्र सच्चाउन चेतावनी समेत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २२ असारमा मन्त्रिस्तरीय निर्णय गरी स्यानिटाइजरहरुको दर्ता अनुमतिका लागि तीन महिना थप गर्ने निर्णय गरेको थियो । संघले उक्त निर्णयमा असहमति जनाउँदैं तत्काल निर्णय फिर्ता लिन औषधी व्यवस्था विभागमार्फत मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । गत ९ चैतमा औषधी व्यवस्था विभागले सूचना प्रकाशित गरी स्यानिटाइजरलाई दर्ताको प्रक्रियामा आउने तीन महिनाको समय दिएको थियो । सो समयमा ४० वटा उद्योगका १ सय २० वटा स्यानिटाइजर दर्ता भएको संघको दावी छ । कोरोना संक्रमणको विशेष परिस्थितीमा स्यानिटाइजरको अत्याधिक प्रयोग भएको, बिना मापदण्ड र बिना गुणस्तर दर्ता नभइ बसेका त्यस्ता स्यानिटाइजर उत्पादकलाई विभागले संरक्षण गरेको आरोप लगाउँदैं औषधी उत्पादक संघले म्याद थपको विरोध गरेको हो । संघले मिथानोल मिसाएको स्यानिटाइजर समेत बिक्री भएको भन्दैं अझ तीन महिना दर्ताका लागि समय दिनुले नेपाल सरकार स्वास्थ्य प्रति संवेदनशील नभएको आरोप लगाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए