गृहपृष्ठ ∕ समाचार ∕ स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १९:२६ मा प्रकाशित काठमाडौं—नेपाल सरकारले सेनिटाइजर दर्ता अनुमति दिने समयावधि थप गरेपछि नेपाल औषधी उत्पादक संघले विरोध जनाएको छ । संघको बिहीबार बसेको आकस्मिक बैठकले सरकारले गरेको निर्णय तीन दिनभित्र सच्चाउन चेतावनी समेत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २२ असारमा मन्त्रिस्तरीय निर्णय गरी स्यानिटाइजरहरुको दर्ता अनुमतिका लागि तीन महिना थप गर्ने निर्णय गरेको थियो । संघले उक्त निर्णयमा असहमति जनाउँदैं तत्काल निर्णय फिर्ता लिन औषधी व्यवस्था विभागमार्फत मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । गत ९ चैतमा औषधी व्यवस्था विभागले सूचना प्रकाशित गरी स्यानिटाइजरलाई दर्ताको प्रक्रियामा आउने तीन महिनाको समय दिएको थियो । सो समयमा ४० वटा उद्योगका १ सय २० वटा स्यानिटाइजर दर्ता भएको संघको दावी छ । कोरोना संक्रमणको विशेष परिस्थितीमा स्यानिटाइजरको अत्याधिक प्रयोग भएको, बिना मापदण्ड र बिना गुणस्तर दर्ता नभइ बसेका त्यस्ता स्यानिटाइजर उत्पादकलाई विभागले संरक्षण गरेको आरोप लगाउँदैं औषधी उत्पादक संघले म्याद थपको विरोध गरेको हो । संघले मिथानोल मिसाएको स्यानिटाइजर समेत बिक्री भएको भन्दैं अझ तीन महिना दर्ताका लागि समय दिनुले नेपाल सरकार स्वास्थ्य प्रति संवेदनशील नभएको आरोप लगाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्